पूर्व राष्ट्रपति डा एपीजे अब्दुल कलामको सिलगढीमा सम्झना

IMG_20221015_173719.jpg

मेयर गौतम देवले श्रद्धांजलि अर्पण गरे

सिलगढी: भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामको ९१औँ जन्मजयन्ती देशभरका साथ सिलगढीमा पनि मनाइएको छ। यस अवसरमा शनिबार सिलगढी नगर निगमले विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा सिलगढीका मेयर गौतम देवलगायत अन्य पार्षद र प्रशासनिक अधिकारीहरू उपस्थित थिए।सो अवसरमा मेयर गौतम देवले जनता विशेष गरी युवाहरुलाई डा अब्दुल कलामको आदर्शमा लाग्न आह्वान गरे । डा. एपीजे अब्दुल कलाम भारतका परमाणु वैज्ञानिक थिए। उहाँ देशको ११औं राष्ट्रपति (२००२ – २००७) बन्नुभयो। ब्यालिस्टिक क्षेप्यास्त्र र अन्तरिक्ष रकेटको विकासमा उनको योगदानका लागि उनलाई ‘मिसाइल म्यान अफ इन्डिया’ भनेर चिनिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement