बीरपाडा- मदारीहाट खण्ड अन्तर्गत गरगन्डा चियाबारी अनि मदारीहाट ग्राम पञ्चायत क्षेत्रमा द्वारे सरकार कार्यक्रम सम्पन्न भयो । पश्चिम बङ्गाल सरकारको विभिन्न प्रकल्प अनि परिसेवा जनसाधारणलाई उपलब्ध गराउन उक्त कार्यक्रम यस वर्ष पनि यस क्षेत्रहरूमा पुनः शुभारम्भ गरिएको छ। राज्यभरिनै जनसाधारणलाई लक्ष्मीभण्डर, अनुसूचित- जनजाति प्रमाणपत्र, विद्यार्थीहरूलाई कन्यश्री, स्टुडेन्ट क्रेडिट कार्ड, श्रमिक कार्ड आदि परिसेवा उपलब्ध गर्नलाई उक्त शिविरको सञ्चालन गरेका छन्।
स्थानीय जनसेवक विशाल गुरुङले उक्त शिविरहरूमा भ्रमण गरेर जनसाधारणलाई अवेदन फर्म भर्न अनि अवश्यक दस्तावेज सम्बन्धि मार्गदर्शन गरे। आगामी दिनहरूमा आधार कार्ड विषयमा आएका विभिन्न समस्यालाई लिएर उच्च अधिकारीहरूलाई गुहार लगाउने तिनले बताए। विशाल গুগুপगुरूङले आगामी 5 जुनमा विश्व परिवरण दिवसको दिन विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम गर्ने पनि बताए।