खुट्टी पुजासँगै काली पुजाको तयारी शुरू गरे फाटाकपुर किशोर संघले

16-08-30-659d00e3-67f0-4ea4-ace5-d0f2a18afd53-1024x576.jpg

राजगञ्ज: दुर्गा पुजा समाप्त भयो अब काली पुजा दिपावली शुरु हुन गइरहेको छ।यस्तैमा फाटापुकुरको किशोर सङ्घ क्लब तथा पाठागारले खुट्टी पुजाको माध्यम काली पुजाको तयारी शुरू गरेको छ। किशोर सङ्घ क्लब तथा पाठागारको काली पुजा राजगञ्ज खण्डको विभिन्न काली पुजाहरू मध्ये एक प्रमुख मानिन्छ। यस साल सङ्घको पुजा २८औ हो भने ओडिशामा अवस्थित प्रसिद्ध कोणार्क सूर्य मन्दिरको रूपमा पुजा मण्डप बनाइने भएको छ। खुट्टी पुजा अवधि आज राजगञ्जका विधायक खगेश्वर राय पनि प्रमुख रूपमा उपस्थित थिए। यसबारे राजगञ्जका विधायक खगेश्वर रायले बताए अनुसार आज खुट्टी पुजा गर्नको साथै फाटापुकुरको किशोर सङ्घ क्लब तथा पाठागारले काली पुजाको तयारी शुरू गरेको छ। प्रत्येर साल यो क्लबले भव्य रूपमा काली पुजाको आयोजना गर्दै आइरहेको छ। यहाँको पुजा हेर्नका लागि धेरै संख्यामा मानिसहरू आउने गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement