मुम्बई: आईसीसी महिला टी२० वर्ल्ड कपको निम्ति भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले शनिवार १५ सदस्यीय टीमको घोषणा गऱ्यो। मुम्बई स्थित बीसीसीआई-को मुख्यालयमा चयन समितिको बैठकपछि भारतीय टीमको घोषणा गरियो। हरमनप्रीत कौरलाई फेरि एकपल्ट कप्तानीको जिम्मेवारी दिइएको छ भने स्मृति मन्धना उपकप्तान हुनेछिन्। महिला टी२० वर्ल्ड कपको आयोजन ईंग्ल्याण्ड र वेल्समा १२ जूनदेखि ५ जुलाईसम्म हुनेछ। भारतसँग ग्रुप १-मा ६ पल्टको च्याम्पियन अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बंग्लादेश र नीदरल्याण्ड रहेको छ। यसरी ग्रुप २-मा वेष्ट इण्डिज, ईंग्ल्याण्ड, न्यूजील्याण्ड, श्रीलंका, आयरल्याण्ड र स्कटल्याण्ड रहेको छ। भारतीय टीममा एकमात्र नयाँ अनुहारको रूपमा अनक्याप्ड (अहिलेसम्म राष्ट्रिय टीमबाट नखेल्ने) पेस बलर नन्दिनी शर्मालाई सामेल गरिएको छ। यसरी विकेटकीपर ब्याटर यास्तिका भाटिया पनि टीममा स्थान बनाउन सफल भएकी छन्। यसको साथमा प्रतिका रावल र हरलीन देओल पनि टीममा स्थान बनाउन असफल भएकी छन्। टी२० वर्ल्ड कपमा भारतको पहिलो म्याच १४ जूनमा पाकिस्तानविरुद्ध रहेको छ।
आईसीसी महिला टी२० वर्ल्ड कपको निम्ति भारतीय टीम यसप्रकार रहेको छः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), शेफाली वर्मा, जेमिमा रोड्रिग्स, भारती फुलमाली, दीप्ति शर्मा, रिचा घोष (विकेटकीपर), श्री चरणी, यास्तिका भाटिया (विकेटकीपर), नन्दिनी शर्मा, अरुन्धति रेड्डी, रेणुका ठाकुर, क्रान्ति गौड़, श्रेयंका पाटिल, राधा यादव।










