उत्तर सिक्किम भ्रमणमा केन्द्रीय मन्त्री रिजिजूद्वारा युम्थाङ उपत्यका र डोङ्क्या ला पासको अवलोकन‎‎

FB_IMG_1777710943580

मंगन: उत्तर सिक्किमको आधिकारिक भ्रमणका क्रममा केन्द्रीय मन्त्री किरण रिजिजूले आज डोङ्क्या ला पासको अवलोकन गरे। उनीसँग मन्त्री साम्दुप लेप्चा लगायत अन्य विशिष्ट व्यक्तित्व तथा जिल्ला प्रशासनका अधिकारीहरू सहभागी बने।‎डोङ्क्या ला पुगेपछि केन्द्रीय मन्त्रीले भारतीय सेनाका अधिकृत तथा जवानहरूसँग भेटघाट गरे र कठिन भू–भाग तथा प्रतिकूल मौसमबीच राष्ट्र सेवामा उनीहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे।‎फर्किने क्रममा मन्त्रीले युम्थाङ उपत्यकामा केही समय बिताउँदै प्राकृतिक सौन्दर्यको अवलोकन गरे। उक्त अवसरमा मन्त्री साम्दुप लेप्चा, जिल्ला अधिकारी मंगन अनन्त जैन, प्रहरी प्रमुख मंगन एल.बी. छेत्री, वन विभाग (पर्यटन) मंगनका मञ्जिल खरेल लगायत अन्य अधिकारी तथा पर्यटन क्षेत्रका सरोकारवालाहरू पनि सहभागी बने।

About Author

Advertisement