मिरिक: डीआरडिसी दार्जिलिङकाे प्रायाेजना एंव मिरिक खण्ड विकास कार्यालय अनि पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुई मार्फत शनिबार थर्बु चारनम्बर गाउँ सार्वजनिक भवनमा स्वच्छ भारत अभियान चरण दुई अन्तर्गत स्वच्छताबारे सचेतना साथै प्रशिक्षण शिविर कार्यक्रम भयाे।समाजिक कार्यकर्ता विशाल लामाकाे अध्यक्षता अनि पहिला गाउँ स्कूल डाँडा ग्राम पन्चायत दुईका ग्राम पन्चायत सचिव याेगेन्द्र प्रासद गाैतमले संचालन गरेकाे कार्यक्रममा मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, ग्राम पन्चायत कर्मचारीहरू अमृता प्रधान, वानिरा घिमिरे, अशाेक राई, वृक्ष राई,भागाेप्रमाे मिरिक थर्बु डुप्टिन समष्टि प्रवक्ता दिमुक तामाङ लगायत आइसीडीएस कर्मी, स्वनिर्भर दलका सदस्यहरू उपस्थित थिए।

कार्यक्रममा डीटीएमयु डिआरडिसी सेल मास्टर ट्रेनर सूरज तामाङले स्वच्छताबारे विस्तृत जानकारी गराए भने उनले प्लास्टिककाे प्रयाेगले मानव जीवनलाई गर्ने क्षतिबारे प्राेजेक्टर मार्फत विस्तृत जानकारी साथै प्रशिक्षण गराए। तिनले प्लास्टिककाे ब्यावस्थापन, शाैचालयकाे प्रयाेग, सफाई आदिबारे पनि विस्तृत जानकारी गराए। कार्यक्रममा बाेल्दै सभासद मिलेस राईले स्वत्छताबारे विभागले गरेकाे कार्यकाे प्रशंसा गर्दै सबैलाई सचेत भएर आफ्नाे क्षेत्रलाई सफा राख्न ब्यवहारिक कार्य गर्ने अनुराेध गरे। तिनले सबैलाई स्वच्छताबारे सचेत बन्ने आव्हान गर्दै मानिसहरूलाई कार्यक्रमहरूमा सहभागी नभएर कार्यक्रममा सिकेका कुराेहरूलाई ब्यावहारिकतामा परिणत गर्ने आव्हान गरे।तिनले स्वच्छताबारे ग्राम पन्चायतलाई आफूबाट गर्न सम्ने सहयाेग प्रदान गर्ने आश्वसन पनि दिए।

कार्यक्रममा वानिरा घिमिरे, प्रभुहाङ राई, सुदक्षा प्रधान, देविका राई, अमृता प्रधान, वृक्ष राई, प्रशन्ना राई स्वच्छ भारत अभियान ग्रामीण दाेस्राे चरण अन्तर्गत विविध विषयहरूबारे प्रशिक्षण प्रदान गरे। उनीहरूले प्रयाेगपछिकाे प्लास्टिक, फाेहाेर अनि गाेबरहरूलाई कसरी ब्यापस्थित गरेर पुन प्रयाेगमा ल्याँउन सकिन्छ यसबारे पनि जानकारी गराए। यस अवसरमा बाेल्दै ग्राम पन्चायत सचिव याेगेन्द्र प्रसाद गाैतमले वच्छ भारत अभियान ग्रामीण दाेस्राे चरण अन्तर्गत विविध विषयहरूबारे प्रशिक्षण प्रदान गर्ने कार्य विभिन्न ग्राम पन्चायतमा भइरहेकाे जुन कार्यक्रम शनिबार पहिला गाउँ ग्राम पन्चायत दुईकाे थर्बु चार नम्बर गाउँ सार्वजनिक भवनमा गरिएकाे बताए। तिनले कार्यक्रममा फाेहाेर ब्यावस्थापन, कुहिने, नकुहिने जिनिसहरूकाे ब्यावस्थापनबारे पनि प्रशिक्षण प्रदान गरिएकाे बताए।