एपेक्स एफसी र नेक्सस १३ सेमिफाइनलमा

IMG_20220529_185826.jpg

२९ मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको सुपर डीविजन लीगको अत्यन्तै रोमाञ्चक पहिलो क्वार्टर फाइनल म्याचमा एपेक्स एफसीले जर्जियन युनाइटेड एफसीलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा एक समय त जर्जियन युनाइटेड २ गोलले अघि रहेको थियो तर मध्यान्तपछि बिपेन थापा, अमन र केल्विन शेर्पाले गोल गरी एपेक्स एफसीलाई यादगार जीत दिलाए। जर्जियन युनाइटेडबाट विवेक थापा र कुञ्जमान थापाले गोल गरे। एपेक्स एफसीले अब २ जूनमा खेलिने पहिलो सेमिफाइनलमा गत विजेता युनाइटेड ब्रदर्सको चुनौती स्वीकार्नेछ। यसरी नै आज भएको प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको पहिलो क्वार्टर फाइनलमा नेक्ससस १३-ले पीएफए पेदोङलाई ३-०-ले पराजित गऱ्यो। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement