‎‎‎समाजसेवी विकास गोले तामाङ सिकीम प्रिमियर लिग कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी‎‎

FB_IMG_1777551843607

गान्तााेक: गान्तााेकस्थित पाल्जोर रंगशालामा जारी सिक्कीम प्रिमियर लिग २०२६ अन्तर्गत आजको कार्यक्रममा समाजसेवी विकास गोले तामाङ प्रमुख अतिथिको रूपमा सहभागी भए। यस अवसरमा गान्तााेक का क्षेत्रीय अधिकारी आशिष गुरुङ, पेनलोङ वार्ड पञ्चायतका सदस्य पेम्पा भुटिया, पात्रिक प्रधान तथा सिकीम ख्रिस्टियन खेलकुद समितिका अध्यक्षलगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रह्यो।‎आज ड्र्यागन फुटबल क्लब र गान्तााेक हिमालयन खेलकुद क्लबबीच भएको खेलले उत्साहपूर्ण वातावरण सिर्जना गर्दै खेल भावना र समुदायको सक्रिय सहभागिता झल्कायो। कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखियो, जसले खेलप्रतिको आकर्षण र एकताको भावना थप सुदृढ बनाएको आयोजकहरूले बताए।

About Author

Advertisement