मालदा: प्रहरीले २८ वटा चोरीका मोबाइलसहित २ जना युवालाई पक्राउ गरेको छ। पक्राउ परेका पापैदास (२८) मालदा जिल्लाको अङ्ग्रेजीबजार थाना क्षेत्रको कोटुली ग्राम पञ्चायतको नौघर कालोनी क्षेत्रका बासिन्दा हुन्। दोस्रो अभियुक्त लव मण्डल आयु (२०) हुन्। उनी अंग्रेजीबजार नगरपालिका क्षेत्र नम्बर २१ को सुकान्तपल्ली क्षेत्रका बासिन्दा हुन्। प्रहरी स्रोतकाअनुसार माल्दा सहरको सुकान्तपल्ली क्षेत्रमा गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रतिष्ठित कम्पनीका २८ वटा मोबाइल बरामद भएको छ। पक्राउ परेकाहरूलाई आज माल्दा जिल्ला अदालतमा पेश गरिएको छ।