कालचिनी – तृणमूलद्वारा आगामी पञ्चायत चुनाउ र लोकसभा निर्वाचनलाई ध्यानमा राखेर बुथ चलो र जनसम्पर्क अभियान चलिरहेको क्रममा आज कालचिनी चियाबारीको पार्ट नम्बर ११/१६७-१६८ मा तृणमूलका स्थानीय नेतृत्व औ समर्थकहरूले जनसाधारण समक्ष पुगेर समस्या र गुनासो सुनेको थियो।
आज उक्त बुथ चलो अभियानमा तृणमूल नेताहरू आजाद अन्सारी, छात्रा नेता हैदर अली अन्सारी, टीसीबीएसयूको नेताहरु शंकर कुजुर, सोभित लामा, किशुन मिर्धा, ओमदास लोहार लगायत महिला कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाउँदै राज्य सरकारद्वारा प्रदत्त लाभाकारी योजनाहरूको लाभ दैलोमा सरकार शिविर मार्फत पाए कि पाएनन औ जनसाधारणको गुनासोहरू सुन्ने काम गरेको तृणमूल नेताहरूले जनाएका छन्। यो बुथ चलो अभियान निरन्तर जारी रहने तृणमूल सुत्रले जनाएका छन्।