छैटौं हारपछि बलरहरूलाई दोष दिन चाहेनन् कप्तान हार्दिक पाण्ड्याले

IMG-20260430-WA0047

मुम्बई: आईपीएल २०२६-मा मुम्बई इण्डियन्सले खराब फर्मबाट मुक्ति पाउन सकेको छैन अनि बुधवार राति आफ्नै होम ग्राउण्ड वानखेड़े स्टेडियममा टीमले निराशाजनक हारको सामना गर्नु पऱ्यो। पहिला ब्याटिंग गर्दै ५ विकेटमा २४३ रनको विशाल स्कोर बनाएर पनि मुम्बईको टीम बाँच्न सकेन। सनराइजर्स हैदराबादले यस लक्ष्यलाई ८ बल बाँकी रहँदै केवल ४ विकेट गुमाएर हासिल गऱ्यो। यो मुम्बई इण्डियन्सको यस सीजनमा ८ वटा म्याचमा छैटौं हार हो, जसले टीमको प्लेअफ्-मा पुग्ने सम्भावनालाई ठूलो झट्का लागेको छ। म्याचमा मुम्बई इण्डियन्सको बलिंग आक्रमण सम्पूर्ण रूपले बेअसर देखियो अनि टीमका दिग्गज पेस बलर जसप्रीत बुमराहले पनि ५४ रन खर्च गरे। पूरा बलिंग एकाइ तालमेलको साथ प्रदर्शन गर्न व्यर्थ हुँदा सनराइजर्सका ब्याटरहरूले भरपूर फाइदा उठाए। म्याचपछि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई निराश देखियो तर उनले बलरहरूलाई दोष दिन अस्वीकार गरे। उनले भने, यस सीजनमा हामीसँग अधिक विकल्प बाँचेको छैन। अब के बद्लाउ गर्न सक्नेछौं भन्ने हामीले हेर्नु पर्नेछ। म आफ्नो बलरहरूलाई दोष दिदिन तर एउटा टीमको रूपमा हामीले त्यो काम गर्न सकेनौं, जुन मुम्बई इण्डियन्सको पहिचान हो। पाण्ड्याको भनाइअनुसार, म्याचको अवधि शीतको कुनै भूमिका थिएन। उनले भने, मेरो विचारमा शीतको कुनै भूमिका थिएन। उनीहरूले केही असल शट्हरू खेले अनि हामीले खराब बलिंग गऱ्यौं। स्कोरबोर्डमा २४३ रन बनाएपछि मलाई यस स्कोरलाई बचाउन सकिने लागेको थियो तर हामीले योजनाहरूलाई असल तरिकाले काममा लगाउन सकेनौं। यसको साथमा हार्दिकले टीमका प्रशंसक, मालिकहरू र सपोर्ट स्टाफहरू प्रति आभार व्यक्त गरे। उनले भने, हाम्रा प्रशंसकहरू विश्वासी छन् तर हामीले उनीहरूलाई खुशी हुने अधिक मौका दिन सकेनौं। आफ्नो होम ग्राउण्डमा विपक्षी टीमको निम्ति अधिक आवाज हुँदा कहिले-काहीँ दुःख लाग्छ। उनीहरूलाई खुशी पार्न हामीले असल क्रिकेट खेल्नु पर्नेछ। हार्दिकले म्याचको अवधि छुटेको क्याच र खराब फील्डिंगलाई हारको ठूलो कारण बताए। उनले भने, यस सीजनमा यस्तो धेरैपल्ट भयो। मौका आउँदा त्यसलाई गुमाउनु हुँदैन। यस्तो नगरे म्याचलाई नियन्त्रणमा राख्न सकिँदैन।

About Author

Advertisement