टी२० वर्ल्ड कपः भारतीय टीममा अनुभवी पेस बलर मोहम्मद शमीको एण्ट्री

IMG-20221015-WA0105.jpg

१५ अक्टोबरः अष्ट्रेलियामा हुने आईसीसी टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा ठूलो बद्लाउ गरिएको छ। टीम इण्डियामा अनुभवी पेस बलर मोहम्मद शमीको एण्ट्री भएको छ। शमीले टीममा चोटग्रस्त जसप्रीत बुमराहको स्थान लिनेछन्। उनलाई पहिला टी२० वर्ल्ड कपको निम्ति ट्रेभलिंग रिजर्वको रूपमा सामेल गरिएको थियो। टी२० वर्ल्ड कप १६ अक्टोबरदेखि शुरु हुनेछ। भारतको पहिलो म्याच २३ अक्टोबरमा चीरप्रतिद्वन्द्वी पाकिस्तान विरुद्ध रहेको छ। टी२० वर्ल्ड कपको ठीक अघि प्रमुख पेस बलर बुमराहलाई चोट लागेको थियो। वर्ल्ड कपको टीममा बद्लाउ गर्ने अन्तिम तारिख १५ अक्टोबर थियो। यसैकारण बुमराहको विकल्पको रूपमा शमीको नामको घोषणा गरियो। लामो समयसम्म मैदानदेखि बाहिर रहेर बुमराह ईंग्ल्याण्ड विरुद्ध टेस्ट म्याचको साथ भारतीय टीममा फर्किएका थिए। त्यसपछि फेरि चोट लाग्दा उनी यूएई-मा भएको एशिया कप खेल्नदेखि वञ्चित भएका थिए। त्यसपछि अष्ट्रेलिया विरुद्ध हालै भएको होम सीरीजको साथ मैदानमा फर्किएर बुमराहले भारतीय टीममा जोश बढ़ाएका थिए तर सीरीजको अवधि उनलाई फेरि ढाड़मा समस्या भयो। यसैकारण उनी दक्षिण अफ्रिका विरुद्ध टी२० सीरीज अनि टी२० वर्ल्ड कपबाट बाहिर भए।
यसबीच टीममा बुमराहको स्थान लिने अनुभवी शमीले पनि लामो समयदेखि राष्ट्रिय टीमको जर्सी लगाएर टी२० म्याच खेलेका छैनन्। उनले अन्तिमपल्ट २०२१-को टी२० वर्ल्ड कपमा हिस्सा लिएका थिए। त्यसपछि दक्षिण अफ्रिका विरुद्ध होम सीरीजको निम्ति भारतीय टीममा स्थान बनाए पनि कोरोना पोजिटिभ भएर उनी सीरीजबाट बाहिर भएका थिए। यति सब भएर पनि भारतीय टीम म्यानेजमेण्टले शमीमाथि भरोसा देखाएको छ। टी२०-लाई छोड़ेर शमीले टेस्ट र वनडे फर्मेटमा चाहिँ लगातार भारतीय टीमको प्रतिनिधित्व गर्दै आएका छन्। यस अवधि उनको प्रदर्शन पनि असल रहेको छ। यसैकारण भारतीय चयनकर्ताहरूले उनलाई टीममा सामेल गरेका छन्। शमीबाहेक मोहम्मद सिराज र शार्दुल ठाकुर पनि टी२० वर्ल्ड कपको निम्ति अष्ट्रेलिया गएका छन् तर यी दुईलाई मुख्य टीममा सामेल गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement