१५ अक्टोबरः शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित कृष्णा कुमार राई स्मारक नक्-आउट फुटबल टुनामेण्ट (दिपावली कप) २०२२-मा कालीझोड़ा ड्राइवर्स एसोसिएशनले सेमिफाइनलमा स्थान बनायो। शेल्पु पञ्चवत्ती खेल मैदानमा शुक्रवार भएको अन्तिम क्वार्टर फाइनल म्याचमा कालीझोड़ा ड्राइवर्स एसोसिएशनले आहाल डाँड़ा भ्यू पोइण्टलाई पेनल्टी शूटआउटमा पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।
म्याचमा रेफरीको भूमिकामा अमित भुजेल थिए भने एसिस्टेण्ट रेफरीको रूपमा आदित्य राई र यिउसन गुरुङ थिए। गोल जजको भूमिकामा अम्बर राई र प्रभास खवास थिए। फोर्थ अफिसियल मनन राई थिए। अब शनिवार खेलिने सेमिफाइनलमा एसएनजेएस थाम र घलेटार भेटरन्समाझ भिड़न्त हुनेछ।
यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल आगामी २३ अक्टोबरमा हुने जानकारी आयोजक शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीका सभापति बिजय खवासले दिएका छन्।