खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा बुध्द जयन्ती पालन गरिने

IMG-20260429-WA0075

खरसाङ: खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा यस वर्ष पनि भव्य रूपमा बुध्द जयन्ती समारोह पालन गरिने भएको छ। यस गुम्बामा विगत धेरै वर्ष अघिदेखि भव्य रुपमा बुध्द जयन्ती पालन गर्दै आईरहेको छ भने यस वर्ष पनि आगामी १ मईमा शेडुप धार्गेलिङ्ग गुम्बा शेर्पा बस्ती, खरसाङमा भव्य रुपमा बुध्द जयन्ती पालन गरिने भएको छ। यस विषयमा आयोजक समितिकाे पक्षबाट सबै सबैलाई हार्दिक स्वागत जनाउँदै उपस्थितिको लागि निवेदन गरिएको छ। उक्त बौध्द जयन्तीको अवसरमा ३० अप्रेलको दिन बिहान पूजा अर्चना साथै २ बजीदेखि छोकल पूजा आयोजना गरिने भएको छ। त्यसरी नै १ मईमा बिहान शान सालिङ गरेर खरसाङ बजार परिक्रमा गरेर दिउँसोको समयमा आयुको पूजा गरिने भएको छ। बुध्द जयन्तीको अवसरमा नेपालबाट वरिष्ठ खेन्पो सुल्ट्रिम दोर्जे उपस्थित रहने भएका छन् भने उनकै बाहुलीबाट वाङ्ग वितरण गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद श्याम शेर्पा र खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बाका संरक्षक लामा निमाले विस्तृत रुपमा जानकारी गराउँदै सबै बौध्द धर्मावलम्बीहरु र भक्तजनलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। दुवैले जानकारी दिए अनुसार खरसाङको शेर्पा बस्तीस्थित शेडुप धार्गेलिङ्ग गुम्बामा यस वर्ष पनि भव्य रूपमा बुध्द जयन्ती समारोह पालन गरिने भएको छ।

यस अवसरमा गुम्बामा ३० अप्रेल बुधवारको दिन बिहान १० बजीदेखि खेन्पोद्वारा भक्तजनलाई आशिष बाढ्ने र दिउँसो २ बजीदेखि छोकल पूजा आयोजना गरिने भएको छ। दुवैले बताए अनुसार १ मईको बिहान गुम्बामा शान सालिङ गरेर बौध्द धर्म अनुसार प्रतिमालाई खरसाङ बजार क्षेत्रमा परिक्रमा गराउने र दिउँसो लामाद्वारा आयुको पूजा गरिने भएको छ। उक्त आयुको पूजामा सबैलाई उपस्थित भएर दीर्घायुको लागि पूजा गरिदिने निवेदन गरेका छन्। यसको साथै आयोजक समितिको तर्फबाट दुई दिवसीय पूजा साथै बुध्द जयन्तीको अवसरमा सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement