नोकडाँड़ामा पर्यटकको चहलपहल सुरु

IMG-20221015-WA0075.jpg

गितडब्लिङ: मौसम खुलेसँगै नोकडाँड़ामा पर्यटकीय चहलपहल सुरु भएको छ। फट्याकफुटुक पर्यटकको आगमन संगै कोरोनाभाइरस महामारीका कारण दुइवर्ष ठप्प भएको यहाँको पर्यटन व्यवसाय पुन सुचारु हने संकेत देखिएको छ। अक्टोबरदेखि मई महिनासम्म नोकडाँड़ाको सुन्दरता अलोकन गर्न उपयुक्त मानिन्छ। हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम नोकडाँडा आउने पर्यटकको रोजाइमा पर्ने गरेको हो।
पहिले सडकको खराब अवस्था औ यातायात अबरुद्ध हुने भएपछि जुनदेखि सितम्बरसम्म सुनसान हुने नोकडाँड़ामा गत केही वर्ष यता वर्षभरी पर्यटकको चहलपहल देखिने गरेको छ। लाभा र कफेर आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आजकल नोकडाँड़ाको सुन्दरताले पनि आकर्षित गर्ने गरेको छ। यहाँ अहिले दैनिक रूपमा पर्यटक आउन सुरू गरेका छन्।

वरिपरि ससाना गाउँ तथा जंगलले घेरिएको नोकडाँड़ाको झिल, यहाँबाट देखिने कञ्चनजङ्गा र समतलको दृश्य, ऐतिहासिक रामपुरी धाम औ यहाँको प्रदूषण रहीत एकान्त वातावरणले पर्यटकलाई रोमाञ्चित बनाउने गरेको छ ।
कालेबुङ शहरदेखि लगभग ४० किमीको दुरीमा अवस्थित नोकडाँड़ाको विशेषता भनेको यहाँको मौलिकता हो। प्रकृति र मानवीय कृयाकलापको सुन्दर सामञ्जस्य रहेको नोकडाँड़ामा शनिबारे गाउँले हाट, यहाँको खानपान, रहनसहन बिभिन्न जातिका परम्परागत संस्कृति आदिले धेरैलाई लोभ्याउँछ । समुद्र सतहदेखि झण्डै ६ हजार फीट उचाइमा रहेको नोकडाँड़ा घुम्न आउने पर्यटक गुम्बाडाँडा, धुर्पुजे, शुभबजार र यहाँको पवित्र विष्णु मन्दिर सम्म पुगेर रमाउने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement