प्रेमसिंह तामाङ एकजना कमजोर मुख्यमन्त्री भएको भाइचुङ भोटियाले लगाए आरोप

IMG-20221014-WA0362.jpg

गान्तोक: भाइचुङ भोटियाले मुख्यमन्त्री पीएस गोलेलाई कमजोर मुख्यमन्त्री बताएका छन्। हाम्रो सिक्किम पार्टीका अध्यक्षले आज राजधानीमा एउटा पत्रकार सम्मेलनमा यसरी मुख्यमन्त्री गोलेलाई कमजोर मुख्यमन्त्रीको संज्ञा दिएका हुन्। राज्यमा इन्नर लाइन पर्मिट (आइएलपी) को माग अनि केही दिन अघि देशका गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणको सन्दर्भमा बोल्दै उनले यस्तो बयान दिएका हुन्। मुख्यमन्त्री कमजोर भएको कारण सिक्किम राज्यलाई खतार रहेको पनि भोटियाले थप बताए। पछिल्ला केही समयदेखि भाइचुङ भोटिया र उनको पार्टी एसकेएम सरकारको विरोधमा निक्कै सक्रियतासित लागिपरेको छ।

उल्लेखनी छ, भोइचुङ भोटियाको पार्टी हाम्रो सिक्किमले स्थानीय सुरक्षा मुद्दालाई उठाउँदै उत्तर पूर्वका अन्य चारवटा राज्य नागाव्याण्ड. मणिपुर, मिजोराम र अरुणाचल प्रदेशमा जस्तै सिक्किममा पनि इन्नरल लाइन पर्मिट लागु गरिनुपर्ने माग गरेको छ। यसैबीच गत ७ अक्टोबरको दिन एउटा कार्यक्रममा सहभागिता जनाउन देशका गृहमन्त्री अमित शाह गान्तोक आएका थिए। सिक्किम र सिक्किमेको हितमा इन्नरल लाइन पर्मिटको माग गर्ने त्यो सुनौलो अवसर रहेको तर राज्य सरकार तथा मुख्यमन्त्री पीएस गोलेले त्यसो नगरेको उल्टा अमित शाहलाई सिक्किममा इन्नर लाइन पर्मिटको आवश्यक्ता छ भनेर देखाउन हाम्रो सिक्किम पार्टीले राष्ट्रिय राजमार्गमा लगाएको होडिङ पनि हटाइएको र त्यस ठाउँमा मुख्यमन्त्रीले अमित शाहलाई स्वागत जनाइएको होडिङ लगाएको भाइचुङ भोटियाले बताए। मुख्यमन्त्री पीएस गोले कथित रुपमा पछिल्लो दौलोबाट मुख्यमन्त्रीको कुर्सीमा पुगेकोले भारत सरकारसित सिक्किम र सिक्किमेको हितमा कुनै माग राख्न नसक्ने अवस्थामा रहेको उनको भनाइ रहेको छ। यसैले एसकेएम सरकार र मुख्यमन्त्री गोलेले तीन वर्षको कार्यकालमा अहिलेसम्म सिक्किम र सिक्किमेको हितमा एउटै पनि माग नराखेको उनले बताए। तर, एसकेएम सरकारकालमा नै वान नेशन वान राशन कार्ड जस्तो कानून सिक्किम भित्रिएको अनि नागरिक संशोघन ऐन पनि लागु हुन गइरहेको भोटियाले थप बताए। मुख्यमन्त्री गोलेको प्राथमिकता केवल आफ्नो कुर्सीमा बसिरहनु रहेकोले सिक्किम र सिक्किमेको भविष्य खतरामा रहेको उनको भनाइ रहेको छ।

हाम्रो सिक्किम पार्टीले इन्नर लाइन पर्मिट बारे सबै हितधारकहरूसित चर्चा गर्न आगामी १६ अक्टोबरको दिन पूर्व सिक्किमको अदमपुलमा एउटा जनसंसद आयोजना गरेको छ। हाम्रो सिक्किम पार्टीकाअनुसार यो कुनै राजनीतिक कार्यक्रम नभएर सिक्किम र सिक्किमेको हितमा उठाइएको जनहितको कार्यक्रम हो। यसको निम्ति आफूहरूले राज्यको सत्तरुढ़ सिक्किम क्रान्तिकारी मोर्चालगायत सबै राजनीतिक पार्टी, सङ्घ संस्था अनि व्यक्ति विशेषलाई निमन्त्रणा गरेको पार्टीका प्रवक्ता विराज अधिकारीले बताए। त्यस दिन इन्नर लाइन पर्मिटलाई लिएर सबै पक्षमा खुल्ला चर्चा हुने बताउँदै कसैले पनि त्यसमा सहभागी बनेर आफ्नो विचार राख्नसक्ने उनले बताए। हाम्रो सिक्किम पार्टीका अध्यक्ष भाइचुङ भोटियाले बताएअनुसार त्यस दिनको चर्चाबाट निस्केको निस्कर्षलाई दस्तावेजीकरण गरेर भारत सरकारको गृह मन्त्रालयमा पठाइनेछ। यसको साथै आगामी दिनमा इन्नर लाइन पर्मिटको पक्षमा पार्टीले एउटा हस्ताक्षर अभियान पनि चलाउने र त्यसलाई पनि गृह मन्त्रालयमा पठाउने पार्टीको कार्यक्रम रहेको पनि उनले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement