गान्तोक: मंगन जिल्ला अन्तर्गत लाचुङ लाचेनमा सयौं फँसेका पर्यटकहरूलाई सकूशल उद्दार गरिएको छ। मंगन जिल्लाको विभिन्न ठाउँमा निरन्तर परेको पानीले विभिन्न स्थाना पैह्रौ गएपछि यातायात पूर्णरूपमा अवरोध बनेको थइयो जसको कारण पर्यटकहरू फँसेका थिए तर ग्रेफ, बीआरओ, आइटीबीपी, सेना लगायत विभिन्न संघ संस्थाको संयुक्त पहलमा उनीहरूलाई उद्दार गरेर सुरक्षित स्थानमा लगिएको जानकारी प्राप्त भएको छ।ट्राभल्स एजेन्ट एसोसिएशन अफ् सिक्किम (टास) का अध्यक्ष सोनम नोर्गे लाचुङपाले यसरी सहयोग गरेकोमा सबै सहयोगीहरूप्रति धन्यवाद दिँदै आभार प्रकट गरेका छ्न्। जब जब विभिन्न प्रकारको समस्या उत्पन्न हुन्छ तब सीमानामा कार्यरत सेना, ग्रेफ, बीआरओले सहयोग पुऱ्याउने गरेको उनले बताएका छन्।स्मरण गराइन्छ, वर्षाको मौसममा प्राय नथुला र उत्तर जिल्लाको लाचेन लाचुङमा घुम्न जाने पर्यटकहरू पैह्रौको कारण थुनिने गरिन्छन्। तर उनीहरूलाई सुरक्षित गन्तव्यस्थल पुऱ्याउनमा सीमानामा तैनाथ सेनाका जवानहरूले कुनै कसर बाँकी राखेका छैन्। फँसेका पर्यटकहरूको निम्ति सबै कुराको व्यवस्था सेनाले गर्दै आइरहेको छ।