अञ्जिता राजालिमलाई स्थानीयहरूद्वारा स्वागत

IMG-20221014-WA0361.jpg

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत जिल्ला पञ्चायत आसनबाट उम्मेदवारको रूपमा खड़ा भएकी अञ्जिता राजालिमलाई आज आफ्नो जन्म थलोका जनताले व्यापक स्वागत जनाए। उनले हिजो मात्र आफ्नो नामाङ्कन पत्र दर्ता गरेकी हुन् भने यसअघि उनले मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको पदबाट राजीनामा दिइन्। मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको पदबाट पनि राजीनामा दिएर जिल्ला पञ्चायतको रूपमा आफ्नो क्षेत्रवासीको सेवा गर्ने सुश्री राजालिमको निर्णयलाई क्षेत्रवासीले समर्थन जनाएका छन्। आफ्नो वार्डकी चेली जिल्ला पञ्चायत पदको निम्ति चुनाउमा उत्रिने भएपछि मल्ली निर्वाचन क्षेत्रको सदाम-रविटार ग्राम पञ्चायतअन्तर्गत अप्पर सदाम वार्डका मानिसहरूमा व्यापक उत्साह देखिएको छ। उनलाई आज गाउँलेहरूले भव्य स्वागत र समर्थन जनाउँदै चुनाउ प्रचारका रणनीतिबारे छलफल पनि गरेका छन्। आफ्नो वार्डवासीहरूले अघि आएर आफ्नो निर्णयलाई स्वागत र समर्थन जनाएकोमा खुशी व्यक्त गर्दै राजालिमले आफ्ना गाउँलेहरूजस्तै सम्पूर्ण जिल्लावासीको सहयोग र विश्वास जितेर काम गर्ने मन्तव्य प्रकट गरेकी छन्। अर्कोतिर, अप्पर सदाम वार्डको पञ्चायत सदस्यका रूपमा अर्जुन राईको नामलाई जनताले मोहर लगाएका छन्। सर्वसहमतिमा उनलाई पञ्चायत सदस्यको रूपमा समर्थन जनाएइको अनि उनीहरू कसैले पनि नामाङ्कन दर्ता नगर्ने सहमति बनेको जानकारी पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement