‎‎‎मुख्यमन्त्रीको कृतज्ञता: प्रधानमन्त्री र राज्यवासीलाई धन्यवाद ‎‎

FB_IMG_1777316696037

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नरेन्द्र मोदीलाई उनको व्यस्त समयतालिका, जिम्मेवारी र बैठकहरूका बाबजुद पनि कोलकाताबाट सिक्किम आउनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गरे।‎मुख्यमन्त्रीले भने कि प्रधानमन्त्रीको उपस्थितिले यस अवसरलाई साँच्चै विशेष बनायो र यो राज्यका लागि एक प्रकारको आशीर्वाद समान हो। उनले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीप्रति आफ्नो कृतज्ञता व्यक्त गरे।‎यसका साथै, बिहानैदेखि सिक्किमका विभिन्न भागबाट प्रधानमन्त्रीलाई स्वागत गर्न भेला भएका सबै नागरिकलाई पनि उनले धन्यवाद दिए। साथै सिक्किम क्रान्तिकारी मोर्चा र भारतीय जनता पार्टीका कार्यकर्तासहित सबै फ्रन्टल सङ्गठनहरूप्रति पनि कृतज्ञता व्यक्त गरे।‎मुख्यमन्त्रीले यस अवसरमा विधानसभा सभामुख र उपसभामुख, मन्त्रिपरिषद्का सदस्यहरू, विधायकहरू, सल्लाहकारहरू, विभिन्न संस्थाका प्रमुखहरू, राजनीतिक सचिवहरू, सिक्किम सरकारका सबै विशिष्ट व्यक्तिहरू तथा सामाजिक सङ्गठनहरूलाई पनि धन्यवाद दिए। साथै उनले लामा, झाँक्री, पण्डित तथा विभिन्न आध्यात्मिक संस्थाका प्रतिनिधिहरूप्रति विशेष आभार प्रकट गरे।‎उनले आगामी २८ अप्रेल २०२६ मा पाल्जोर स्टेडियममा हुने कार्यक्रममा उपस्थित भई यस एकताको भावनालाई निरन्तरता दिन आग्रह गरे। साथै बिहान ८ बजेसम्ममा बढीभन्दा बढी सङ्ख्यामा उपस्थित भई प्रधानमन्त्री मोदीको सम्बोधन सुन्न र यस अवसरलाई भव्य तथा स्मरणीय बनाउन सबैलाई आह्वान गरे।‎उल्लेखनीय छ कि प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणमा आज सिक्किम आइपुगे। उनले देवरालीदेखि लोकभवनसम्म आयोजित रोड शोमा सहभागिता जनाए। भोलि २८ अप्रेलमा उनी सिक्किम राज्य स्थापना को ५०औँ वार्षिकोत्सवको समापन कार्यक्रममा सहभागी हुनेछन्।

About Author

Advertisement