१४ अक्टोबरः फीफा अण्डर-१७ महिला वर्ल्ड कपबाट आयोजक भारतले बिदा लियो। शुक्रवार खेलिएको ग्रुप ए-को म्याचमा भारतलाई मोरक्कोले ३-०-ले पराजित गऱ्यो। पहिलो अमेरिका अनि यसपाली मोरक्को विरुद्ध लगातार दोस्रो हारको साथ भारत फीफा अण्डर-१७ महिला वर्ल्ड कपमा क्वार्टर फाइनलको होड़बाट बाहिर भयो। कलिंगा स्टेडियममा खेलिएको म्याचमा थोमस डेनरबीको प्रशिक्षणमा रहने भारतीय टीमले मध्यान्तरसम्म लड़ाइँ गरे पनि दोस्रो हाफमा आत्मसमर्पण गऱ्यो। मोरक्कोबाट डी. एल मादानीले ५१औं (पेनल्टी), वाई जोहिरले ६२औं र डी. चेरिफले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरे।

भारतले अहिलेसम्म दुईवटा म्याच खेलेर जम्मा ११ गोल खाएको छ अनि एउटा गोल पनि गर्न सकेको छैन। आयोजक भारतले अब ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा शक्तिशाली अमेरिकाको चुनौती स्वीकार्नेछ। यसबीच ब्राजील र अमेरिकाबीच खेलिएको ग्रुप ए-को अन्य एउटा म्याच १-१-ले ड्र रह्यो।