कालचिनी- कालचिनी खण्डको पश्चिम सातालीमा आज एक दिवसीय विश्व शान्ति महायज्ञ एवम् सत्संग कार्यक्रम सम्पन्न भएको जानकारी उक्त कार्यक्रम आयोजक कमिटीको पक्षबाट कान्छा सार्की र अनिता ब्रह्मले जनाएका छन्।
मूलतः हिन्दु धर्मावलम्बीहरूलाई धर्मको महत्व बुझाउन साथै वर्तमान विश्व परिस्थितिमा मानव जातिलाई शान्ति स्थापना गर्न अध्यात्मिक सत्संगको आवश्यकता बोध गराउनलाई यो सत्संग कार्यक्रम राखिएको र यसमा कालचिनी खण्डको विभिन्न ठाउँहरूबाट श्रद्धालु भक्तजनको उपस्थिति रहने र कथावाचक पण्डित ऋषभ शर्माद्वारा सत्संग प्रवचन साथै भजन मण्डलीको प्रस्तुति सम्पन्न हुने आयोजक कमिटीले जनाएका छन्।