१४ अक्टोबरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शुक्रवार एउटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको म्याचमा लोहागढ़ एफसी-ले मौसमी स्पोर्टस, नेपाललाई ४-०-ले पराजित गऱ्यो। अब शनिवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा मिरिक भिक्ट्री क्लब र जंक्शन स्टार सिलगढ़ीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।