सिलगढी: पुलिसले सुमन बर्मन भाजपा युवा मोचा अध्यक्षलाई अवैध कफ सिरपसहित पक्राउ गरेको छ। आरोपी नक्सलबारी मण्डल भाजपा युवा मोर्चाका अध्यक्ष रहेको बताइएको छ। जानकारी अनुसार गत अबेर राति बंगाल-बिहार सीमाको चक्करमारी इलाकाबाट पुलिसले युवा नेता सुमन बर्मनलाई हिरासतमा लिएर छानबिन गर्दा तिनीबाट २५ बोतल अवैध कफ सिरप उद्धार गरेको छ। यसपछि पुलिसले तिनलाई पक्राउ गरेको छ। आज पक्रा परेका आरोपी सुमन बर्मनलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताएको छ।











