ह्वाइट हाउस डिनरका क्रममा गोली प्रहार

untitled-design-2026-04-26t071301-1777167807

​वासिङ्टन डिसी:अमेरिकाको राजधानी वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर’ का क्रममा गोली चल्दा ठूलो अफरा-तफरी मच्चिएको छ। कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भइरहेका बेला होटलको बाहिरी सुरक्षा जाँच क्षेत्रमा एक सशस्त्र व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। गोली चल्न थालेपछि सुरक्षाकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई तत्काल सुरक्षा घेराभित्र लिएका थिए। सो क्रममा ट्रम्प र उनकी पत्नी मेजमुनि लुकेर ज्यान जोगाउन सफल भएको भिडियो समेत सार्वजनिक भएको छ।
​अमेरिकी सेक्रेट सर्भिसले गोली प्रहार गर्ने ३१ वर्षीय कोल टमस एलेनलाई तत्काल नियन्त्रणमा लिएको छ। निजको साथबाट शक्तिशाली हतियारहरू बरामद गरिएको छ।

आक्रमणका क्रममा एक सेक्रेट सर्भिस एजेन्टलाई गोली लागेको छ, तर बुलेटप्रूफ ज्याकेटका कारण उनको ज्यान जोगिएको र अवस्था खतरामुक्त रहेको बताइएको छ। राष्ट्रपति ट्रम्पले घटनापछि प्रतिक्रिया दिँदै आफू सुरक्षित रहेको र घायल सुरक्षाकर्मीको साहसको प्रशंसा गर्नुभएको छ। यो घटनाले अमेरिकाको उच्च सुरक्षा घेरा कसरी तोडियो भन्ने विषयमा नयाँ बहस सिर्जना गरेको छ।

About Author

Advertisement