कालचिनी- आज अलिपुरद्वार जिल्लाको सुदुर पूर्वमा असम भोटाङ सीमामा अवस्थित कुमारग्राम खण्डको न्यूल्याण्ड्स चियाबारीमा एउटा सड़क निर्माणको शिलान्यास कार्यक्रम सकेपछि तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले तृणमूल समर्थकहरूलाई लिएर आफ्नै गाउँ न्यूल्याण्ड्स चियाबारीमा जनसम्पर्क अभियान तथा जनसंयोग कर्मसूचीको थालनी गरेको थियो। जनसम्पर्क अभियान अघि आदिवासी कल्याण तथा विकास विभागबाट प्रायः 5 किलोमीटरको पक्का सड़क निर्माणको शिलान्यासमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइक लगायत कुमारग्राम बीडीओ मिहिर कर्मकार एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
पुरोहितद्वारा पूजा पाठ र नरियल फुटाएर सड़क निर्माण कार्यको शिलान्यास गरेपछि आज तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले बाक्लो समर्थकहरूलाई लिएर न्यूल्याण्ड्स चियाबारीमा जनसंयोग कर्मसूचीको थालनी गरेको थियो। उक्त अभियानमा गाउँले तथा स्थानीय बासिन्दाहरूको समस्या सुन्दै त्यसलाई विस्तारै समाधान गर्ने आश्वासन पनि प्रकासचीक बडाइकले दिएको थियो। जनसंयोग कर्मसूची लगातार चल्ने र प्रत्येक बुथहरूमा यो जनसम्पर्क अभियान चल्ने र जनसाधारणको समस्या र गुनासो सुनेर त्यसमाथि दलीय छलफल गरिने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले थप जनाएका छन्।