खोडीबारी प्रहरीले एक युवकलाई खोकीको सिरपसितै पक्राउ

खोडिबारी: खोडीबारी पुलिस चौकीले प्रतिबन्धित खोकी सिरपसितै एक व्यक्तिलाई पक्राउ गरेको छ। हिरासतमा लिइएका व्यक्तिको नाम नक्सलबारी थाना इलाका निवासी २६ वर्षीय सुमन बर्मन रहेको बताइएको छ। खोडीबारी प्रहरी चौकीबाट प्राप्त जानकारीका अनुसार गोप्य सूचनाको आधारमा खोडिबारी प्रहरी चौकी अन्तर्गत बिहारको गलगलिया नजिक रहेको चक्कर्मरी नजिकबाट मोटरसाइकलमा सवार एक व्यक्तिलाई खोडिबारी प्रहरीले रोकेर खोजी गरेको थियो। खोजीका क्रममा उनको साथबाट ईस्कफ कफ सिरप सहितको २५ बोतल कोडिन बरामद भएको थियो। त्यसपछि उक्त व्यक्तिलाई नियन्त्रणमा लिएर खोडीबारी प्रहरी चौकीमा ल्याइयो। प्रतिबन्धित कफ सिरप उक्त व्यक्तिले बिहारको ठाकुरगञ्जबाट ल्याएको बताइएको छ। तर बंगालमा प्रवेश गर्ने बित्तिकै उनलाई खोडिबारी प्रहरीले समात्यो।
खोडीबारी पुलिस थानाले एनडीपीएस ऐन अन्तर्गत पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि आज न्यायिक हिरासतमा सिलगढी पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement