छठ पुजा समितिहरुसित खण्ड विकास अधिकारीले गरे बैठक

IMG_20221014_212830.jpg

अलिपुरद्वार: अलिपुरद्वार खण्ड विकास अधिकारीले छठ पूजा समितिहरूसँग आज एक बैठक गरे। यसपल्ट प्रशासन मालबजारमा घटेको विगतको घटनाको पुनरावृत्ति रोक्न तयार रहेको छ। यस क्षेत्रको अधिकांश नदीहरू भुटानका पहाडहरूबाट शुरु भएर बग्ने गर्छन्। पहाडमा पानी परेपछि खोलामा पानीको भेल बड्छ। यस्तो स्थितिमा कहिलेकाहीँ बाढीको खतरा बडेर जान्छ। दुर्गा पुजा विसर्जनको क्रममा मालबजारको माल खोलामा नदीको पानीको बहाव एक्कासी बढेपछि धेरैको ज्यान गएको थियो। यस्ता घटना दोहोरिन नदिन प्रशासनले सक्दो प्रयास गरिरहेको छ। यस सम्बन्धमा काल्चिनीका बीडीओ प्रशान्त बर्मनले आज काल्चिनी छठ पूजा समितिका सदस्यहरूसँग बैठक गरेका छन्। बैठकपछि उनले पुजा समितिलाई सरकारको निर्देशन दिइएको बताए। पूजाको समयमा कुनै अप्रिय घटना नहोस भन्ने कामना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement