दिपावली कपः जर्जियन एफसी-लाई पराजित गरी भीनस एफसी सेमिफाइनलमा

photocollage_2022101420322514.jpg

१४ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा शुक्रवार भीनस एफसी (फिक्कल)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। स्थानीय फेञ्चेटार खेल मैदानमा आज भएको म्याचमा भीनस एफसी (फिक्कल)-ले जर्जियन युनाइटेड एफसी-लाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट पूजन मंगर र रुचन न्यौपानेले २-२ गोल गरे। यसरी नै जर्जियन एफसी-बाट कुञ्जमान थापाले ह्याट्रिक गरे। विजेता टीमका रुचन न्यौपानेलाई प्लेयर अव् द म्याच चयन गरियो। भीनस एफसी-ले सेमिफाइनलमा नमो बुद्ध (रिम्बिक)-को चुनौती स्वीकार्नेछ। शनिवार खेलिने चौथो क्वार्टर फाइनलमा एमएमएफसी निरपानी र बिजनबारी फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement