कालचिनी – गोप्य सूचनाको आधारमा आज बिहानै बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको पाना र हेमिल्टनगञ्जका रेञ्जका बनकर्मीहरू एवम् कालचिनी थानाको पुलिसबलले कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा र गंगुटिया चियाबारीको प्रायः चारवटा आरा धरानहरूमा छापा हान्दा धेरै मात्रामा अवैद्य सयगुणको लट्ठा एवम् चिरेको काठहरू बरामद गर्न सफल भएको बक्सा ब्याघ्र प्रकल्प लगायत कालचिनी थानाको पुलिसबलले संयुक्त रुपमा जनाएका छन्|
दीर्घ दिनदेखि बन विभाग र पुलिस समक्ष अवैद्य लट्ठाको धन्धा चलिरहेको सूचना पाएकोले आज त्वरित कारवाहीको साथ सम्बन्धित ठाउँहरूमा अभियान चलाउँदा धेरै मात्रामा अवैद्य सयगुणको लट्ठा र आरा धरानमा चिराएको काठहरू उद्धार गर्न सफल भएको यद्यपि यस सम्बन्धमा कसैलाई पक्राउ गर्न नसकिएको बताईएको छ| अवैद्य लट्ठा धन्धा विरुद्ध बन विभागको निरन्तर अभियान जारी रहने बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जनाएका छन्|