खरसाङको गोपाल छेत्रीद्वारा बजारमा सिलिण्डर ग्यास लोड अनलोड गरिएको विषयमा प्रशासनलाई ज्ञापन

IMG-20221014-WA0288.jpg

खरसाङ: खरसाङ निवासी गोपाल छेत्रीले खरसाङको रोशनी ग्यास एजेन्सीले व्यस्त शहरको माझमा रहेको राष्ट्रिय राजमार्ग ५५मा तरल पेट्रोलियम ग्यासको सिलिन्डर लोड-अनलोड गर्नाले जनसाधारणलाई समस्या भइरहेको अनि जोखिमको स्थिति उत्पन्न भएको आरोप लगाएका छन्। तिनले यस मामिलामा खरसाङ महकुमा शासक, एडिशनल एसपी, २९ नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका प्रशासनिक बोर्ड अध्यक्ष वृगेन गुरूङ, खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पालाई ज्ञापन पनि चढाएका छन्। गोपाल छेत्रीले रोशनी ग्यास एजेन्सीले राष्ट्रिय राजमार्ग ५५मा रहेको यसको अफिसमा बिहान सात बजेदेखि नौ बड़े नौ सम्म ग्यास लोड-अनलोड अनि वितरणको काम गर्ने गरेको आरोप लगाउँदै भने, बिहान आठ बजेदेखि यो बाटो भएर विद्यार्थीहरू स्कूल जाने गर्छन्। विद्यार्थी बोक्ने गाडी हिढ़ने गर्छन्। एम्बुलेन्स हिँड्ने गर्छन्। यस्तो अवस्थामा जनसाधारणले धेरै समस्या झेल्न परिरहेको छ। तरल पेट्रोलियम ग्यास तिब्र जलनशील पदार्थ भएकोले यस्तो व्यस्त सडकमा लोड-अनलोड गर्नु खतरनाक पनि हो।

About Author

Advertisement