कोलकाता: विधानसभा चुनावमा जुन भाजपाले तृणमूल तोडेर यसका नेताहरूलाई कमल थमाएको थियो आज त्यही नेताहरू घर फर्कन लाइनमा उभिएका छन्। तृणमूलले सोचविचार गरेर ती नेताहरूलाई पार्टीमा प्रवेश दिइरहेको छ। यसैबीच, तृणमूलका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले हल्दियामा भएको भेलालाई सम्बोधन गर्दै भने, ‘जुन दिन मैले तृणमूलको दैलो खोल्छु, भाजपा ध्वस्त हुनेछ। हामीले उनीहरुको दुई सांसदलाई तृणमूलमा ल्याएका छौं। अहिले हामीले दैलो खोलेका छैनौं, खोलेको दिन भाजपा देखिने छैन।’ मिदनापुरलाई दिल्लीमा बेच्ने गरेको उनले बताए। ‘यो जिल्ला विद्यासागरको हो र उत्तर कोलकातामा विद्यासागरको मूर्ति तोडफोड गरिएको थियो’, उनले भनेl उनले शुभेन्दु अधिकारीलाई पनि निशाना बनाएर आफूलाई एजेन्सीबाट जोगाउन पार्टी फेरेको बताए। शुभेन्दुको खिल्ली उडाउँदै अभिषेक ब्यानर्जीले भने, ‘यहाँ करिब ११ वर्षदेखि एकजना मानिस थिए, जसले जनतालाई आफू तृणमूलको हो भनेर बताउने गर्दथे र जसका कारण उनले पर्खालमा उभिन पाएका थिए। आज त्यो पर्खाल भत्किएको छ।’