सिलगढी: सिलगढी पछि अब फाँसीदेवामा पनि ‘छाप्पा मतदान’ अथवा प्रतिनिधि मतदान भएको आरोप सार्वजनिक भयो। पहिलो चरणको मतदानका क्रममा सिलगढी महकुमाको सुदामगाछ क्षेत्रस्थित केन्द्र संख्या २७/१६५ मा एक चकित पार्ने घटना घट्यो, जसका कारण सम्पूर्ण क्षेत्रमा तनाव फैलियो।
प्राप्त जानकारीअनुसार, सुदामगाछ निवासी दीपु सिंह (क्रमांक संख्या ६७९ का मतदाता) मतदान गर्न केन्द्रमा पुग्दा उनलाई उनकाे भोट पहिले नै खसालिएको जानकारी दिइयो। यस विषयमा उनले विरोध जनाए पनि कुनै समाधान ननिस्किएपछि उनी मतदान नगरी नै फर्किन बाध्य भए। घटनापछि क्षेत्रमा हलचल मच्चिएको छ र स्थानीय बासिन्दामा व्यापक आक्रोश फैलियो।
केही व्यक्तिहरूले यस घटनालाई लिएर निर्वाचन प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाए। यस सम्बन्धमा केन्द्रस्तरका अधिकारीसँग सम्पर्क गर्दा उनले यस्तो घटना सम्भव नरहेको बताए। यद्यपि, अध्यक्षता गरिरहेका अधिकारी वा अन्य उच्च पदाधिकारीहरूबाट यो समाचार तयार पारुन्जेलसम्म कुनै स्पष्ट प्रतिक्रिया प्राप्त हुन सकेन।









