खरसाङ: खरसाङ विधानसभा समष्टि अन्तर्गत पंखाबरी, लङ्भ्यू,अम्बटे समष्टिको विभिन्न स्थानहरुमा चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। यस समष्टिभित्र पर्ने विभिन्न स्थानहरुमा रहेका बुथहरु जस्तै लङ्भ्यू, पंखाबारी, अम्बटे, दुधे, गाडीधुरा, मकैबारी, रोहिणी लगायत विभिन्न स्थानहरुमा चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। समाचार लेखुञ्जेलसम्म कही कतै अशान्ति र अप्रिय घटना भएको समाचार प्राप्त भएको छैन। यस क्रममा यस समष्टिको सन्त मेरिज ग्राम पञ्चायतको २२८ नम्बर बुथ बन्दाखेतीमा चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। त्यसरी नै दुधेको बुथ नम्बर २३० र २३२ मा पनि चुनाउ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। यसको साथै गाडीधुरा क्षेत्रमा पनि चुनाउ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

यस समष्टिमा सम्पन्न चुनाउ विषयमा क्षेत्रीय सभासद कल्पना प्रधान, सभासद प्रणाम रसाइली र सन्त मेरिज ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान मणिराज डुम्जन, उप प्रधान सन्तोष तामाङ लगायत अन्यहरुले भ्रमण निरीक्षण पनि गरेका छन्। यस चुनाउ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान मणिराज डुम्जन र उप प्रधान सन्तोष तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।









