सांसद राजु विष्टमाथि बन्दना राईको गम्भीर आरोप

IMG-20260423-WA0087

खरसाङ: एसआईआरले गोर्खा जातिको एकजनाको नाम समेत काटियो भने राजीनामा दिन्छु भन्ने सांसद राजु बिष्टले दार्जिलिङ जिल्लाबाट ४५ हजार गोर्खाहरुको नाम काटिन्दा आफ्नो नाम चुपचाप दिल्लीबाट मतिगाडामा सारेको र आफ्नो मात्रै फायदा हेर्नेले गोर्खा जातिको कहिले भलो सोच्दैन भनी खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले आरोप लगाएकी छन्। उनले खरसाङ विधानसभा समष्टिको विभिन्न बुथहरुमा मतदानको लागि भ्रमण गर्ने क्रममा सांसद राजु विष्टले मतिगढामा भोट हालेको विषयमा बोल्दै भनिन् -‘सांसद राजु विष्टको भोट पहिला दिल्लीमा थियो तर आज अचानक मतिगढामा कसरी भोट हाल्यो? एकजनाको नाम पनि डिलिट भए राजीनामा दिन्छु भन्ने सांसदले चुपचाप मतिगढामा भोट हालेका छन्। तर दार्जिलिङ जिल्लामा मात्र ४५ हजार मतदाताहरुको नाम डिलिट हुँदा पनि सांसदलाई केही भएन।‌ महामतलबी रहेछ। हाम्रो जातिको टाउकोमा टेकेर राज गर्न आएको हो। आफ्नो जन्मभूमि मणिपुरको स्थिति याद छैन। तर दिल्लीबाट चाल चलेर मतिगढामा भोट सारेछ।’
बन्दना राईले आरोप लगाउँदै भनिन् ‘ सांसद राजु विष्टले दार्जिलिङ र कालेबुङ जिल्लामा चुनाउ लडेर बंगालमा भाजपाको सरकार आएमा उप मुख्यमन्त्री हुने चाल चलेको छ। तपाईं सूर्यको लड्डु हो। आज कति हजार जनाले भोट हाल्न पाएनन्। कति हजारजनाको घरमा रुवाबासी छ। किनभने धेरैको अधिकार खोसिएको छ।‌’
उनले अघि भनिन् ‘सांसद राजु विष्टलाई दोस्रोपल्ट सांसद बनाएर गल्ती गरेछौं। भाजपाले कसरी गैर कानुनी रुपमा राजु विष्टको भोट दिल्लीबाट मतिगढामा सारेको छ। योभन्दा त बरु पहाडको जनताको लागि स्टे अर्डर लगाएर भोट हाल्ने‌ अधिकार दिनु पर्ने हो। अब चुनावपछि सबै डिलिट भएका मतदाताहरुको नाम पुनः सामेल भएको हुनुपर्छ।’
बन्दना राईले आरोप लगाउँदै अझ भनिन् ‘सांसद राजु विष्टको चाल चलन एकदमै घमण्डी रहेको छ। हाम्रो जातिको लागि केही गर्छ जस्तो लाग्दैन। पहाड खान प्रयत्न गर्दैछ। तर हामी छोड्दैनौं। हामी शिक्षित व्यक्तिहरु हौँ।

About Author

Advertisement