खरसाङ: जितेर विधानसभामा पुगेको खण्डमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले बन्द रहेको सय दिने रोजगारको काम एक सय दिनभित्रमा पुनः लागु गराउने बताएकी छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले मंगलवार दिउँसो एक भिडियो जारी गर्दै सय दिने रोजगार अर्थात् मनरेगाको काम 2021 देखि बन्द छ र यसलाई सांसद राजु विष्टले रोकेको बताइन्। उनले भनिन् ,’यस कामले गरीब दु:खी र गाउँ घरका मानिसहरुका जीवनमा सहयोग हुन्थ्यो। धेरैको घर चल्ने, धेरैको चुल्हा जलेको थियो। तर सांसद राजु विष्ट र ममता सरकारले रोकेको छ। तर यो कामलाई हाई कोर्ट र सुप्रिम कोर्टले सय दिने रोजगारको काममा कुनै घोटाला भएको छैन। कसैको विरोधमा छैन भनी क्लिन चिट दिईसकेको छ। तर ममता सरकार र सांसद राजु विष्टले रोकेको छ। यदि जनताले भोट दिएर मलाई जिताएर पठाएको खण्डमा म सय दिने रोजगारको कामलाई एक सय दिनभित्रमा पुनः लागु गराउन काम गर्नेछु।’
बन्दना राईले अघि भनिन् -‘सय दिने रोजगारको कामले गरीब दु:खीको बाटो बनिने, गाउँ घरमा बाटो बनिने, आमदामी पनि राम्रो हुने थियो। पहाडमा सय दिने रोजगारको काम महत्त्वपूर्ण छ।’
राईले सय दिने रोजगारको काममा एकजनाले २२६ रुपियाँ गरेर पाउँदा एक सालमा २२ हजार ६ सय रुपियाँ आय हुने बताइन्। उनले आरोप लगाउँदै भनिन् – सांसद राजु विष्टले २०२१ देखि सय दिने रोजगारको काम रोकेको छ जुन ५ वर्ष भयो। पाँच वर्षमा एकजनाले १ लाख १३ हजार रुपियाँ नोक्सान भएको छ जुन एउटा परिवारलाई ठूलो नोक्सानी हो।’









