डिजिटलको युगमा प्रिन्ट मीडियाको घट्दो क्रेज 

00-Srcibes-1-1

     

जकल डिजिटलको युगमा प्रिन्ट मीडियाको घट्दो क्रेज देखा पर्न थालेको छ। प्रिन्ट मीडियामा प्रकाशित हुन अघि नै हिजोआज डिजिटल पोर्टलहरूको माध्यमबाट दिनहुँ भएका घटना,राजनैतिक, अराजनैतिक गतिविधि अनि क्रियाकलापका खबरहरू प्रकाशित हुन थालेका छन्। डिजिटल पोर्टलहरूको माध्यमबाट प्रकाशित भएका धेर जसो खबरहरू हिजोआज भोलिपल्ट प्रिन्ट मीडियाको माध्यमबाट प्रकाशित हुने गरेको हामी पाउँछौं।

डिजिटलको युगमा यसरी प्रिन्ट मीडियाको घट्दो क्रेजले विशेष गरि प्रिन्ट मीडियासित संलग्न व्यक्तिहरू अनि समाचार-पत्र बिक्रेताहरूलाई असर पार्न थालेको देखिँदैछ। प्रिन्ट मीडियाको घट्दो क्रेजले गर्दा कतिपय समाचार- पत्र बिक्रेताहरूले समाचार-पत्र बिक्री गरेर आफ्नो परिवारको जीविका उपार्जन गर्न असक्षम हुन थालेपछि यो कार्यसमेत गर्न छोड़्न थालेका छन्। डिजिटल युग आरम्भ हुन अघिसम्म प्रिन्ट मीडियाको रहेको बढ़्दो क्रेजमा सजिलैसित समाचार -पत्रहरू बिक्री गरेर आफ्नो परिवारको जीविका उपार्जन गर्न सक्नेहरू अहिले डिजिटल युगको कथित प्रकोपमा परेर समाचार-पत्रहरूको बिक्रीमा आएको ह्रासलाई ध्यानमा राखेर अनि अब यसको व्यवसायले परिवारको भरण-पोषण गर्नसक्ने स्थिति नभएको ठानेर यसको व्यवसाय छोड़्न थालेका छन्। सबै थोकलाई नियालेर हेर्दा डिजिटलको युगले प्रिन्ट मीडियाको व्यवसायमा धेरै असर पारेको अनुमान लगाउन सकिन्छ। भविष्यमा यो बड़ो चिन्ताको विषय हुन सक्ने स्थिति छ। कम्प्यूटर अनि इन्टरनेटको युगमा अहिले न्यूज दिने कतिपय व्यक्तिहरूले समेत समाचार-पत्रहरू किनेर पढ़्न छोड़िसकेको सुन्न पाइँदैछ।

डिजिटलको युगमा यसरी प्रिन्ट मीडियाको घट्दो क्रेजले यसको भविष्य माथि प्रश्नचिन्ह खड़ा हुन थाले पनि प्रिन्ट मीडियाको एउटा अलग्गै महत्व छ,जसलाई नकार्न सकिँदैन्। कारण प्रिन्ट मीडियामा प्रकाशित भएका खबरहरू एक लिखित दस्तावेज़को (डकुमेण्ट) रूपमा रहने गर्दछ।तर डिजिटल पोर्टलहरूको माध्यमबाट प्रकाशित भएका खबरहरू कुनै लिखित दस्तावेज़को रूपमा रहेको हामी पाउँदैनौं। वर्तमान युगमा डिजिटलको जतिनै क्रेज बढ़ेर गए पनि प्रिन्ट मीडियाको एउटा अलग्गै पहिचान छ, यो भन्नमा शायद कुनै अत्युक्ति नहोला।

(लेखक दार्जीलिङ पहाडका सुपरिचित पत्रकार हुनुहुन्छ)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *