रगतले लतपतिएको गृहिणीको शव फेला

SAVE_20221014_124646.jpg

माल्दा: इंग्लिश बजार थाना क्षेत्रको गबागाची-यदुपुर क्षेत्रमा एक गृहिणीको रगतले लतपतिएको शव भेटिएपछि सम्पूर्ण क्षेत्रमा हलचल मच्चिएको छ। प्रहरीले शवलाई माल्दा मेडिकल कलेज र अस्पतालमा पोस्टमार्टमको लागि पठाएको छ। प्रहरी स्रोतअनुसार मृत्यु हुने गृहिणीको नाम रिंकी शील मण्डल (२६) हो। हत्यामा संलग्न उनका श्रीमानको नाम छोटा मण्डल रहेको बताइएको छ। परिवार र स्थानीय स्रोतअनुसार लगभग केही वर्षअघि माल्दाको कृष्णपल्ली नेताजी कोलोनी निवासी विपदशिलकी छोरी रिंकी शीलको विवाह यदुपुरका छोटा मण्डलसँग भएको थियो। दम्पतीको एउटा बच्चा पनि छ। श्रीमान् र ससुराले छोरीलाई मानसिक तथा शारीरिक यातना दिने गरेको मृतक गृहिणीका बुबा विपदशीलले बताए। यस विषयमा तिनीहरूबीच पटकपटक विवाद हुने गरेको छ। टोटो किन्नका लागि ज्वाइँले डाउन पेमेन्टस्वरूप २ लाख मागेको तिनले बताए। पैसा नदिएपछि ज्वाइँ र ससुराले छोरीलाई अत्याधिक यातना दिन थाले। यही विषयलाई लिएर उनका श्रीमान र ससुराले छोरीको हत्या गरेको आरोप छ। मृतक गृहिणीका परिवारले आरोपीविरुद्ध इंग्लिश बजार पुलिस चौकीमा लिखित उजुरी दिएका छन्। घटनापछि आरोपी श्रीमान र ससुरा भागेका छन्। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement