जलपाइगढी पुलिसले विजया सम्मेलन आयोजना गर्यो

photocollage_20221014124232985.jpg

जलपाइगढी: जलपाइगढी जिल्ला पुलिसले विजया सम्मेलन आयोजना गर्यो:। प्रहरी लाइन्समा आयोजित कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक देवर्षि दत्तलगायत जिल्लाका विभिन्न प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चारकर्मी र प्रहरीका परिवारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा समाजका अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।विजया सम्मेलनमा प्रहरी परिवारका बाल कलाकारहरूले नृत्य तथा संगीत प्रस्तुत गरी सबैलाई मनोरञ्जन दिएका थिए। यसअघि उद्घाटन मन्तव्यमा जिल्ला प्रहरी उपरीक्षक देवर्षि दत्तले विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम जलपाईगढी जिल्ला प्रहरी मुख्यालयको ड्रिल शेडमा आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement