दीपावलीअघि एसडीओले सुरु गरे अतिक्रमण अभियान व्यवसायी हड्ताल

SAVE_20221014_123047.jpg

इस्लामपुर: इस्लामपुरको रामकृष्ण पल्ली मोड क्षेत्रमा इस्लामपुरका एसडीओ मोहम्मद अब्दुल शाहिदले अतिक्रमण अभियान चलाएका छन्। तिनले सरकारी जग्गा कब्जा गर्नेलाई तत्काल छाड्न निर्देशन दिए। यहाँको रामकृष्ण पल्ली मोड क्षेत्रका व्यवसायी एसडीओको आकस्मिक कारबाहीले त्रसित र चिन्तित भएका छन्।एसडीओ मोहम्मद अब्दुल साहिदले लामो समयदेखि इस्लामपुर नयाँ टाउन क्षेत्रमा रहेको जीर्ण सरकारी निवासको अवलोकन गरेका थिए। उनले सरकारी आवास मात्रै नभएर यस क्षेत्रको ढल निकासलगायत अन्य समस्याको समेत जानकारी लिए।

यसका साथै इस्लामपुर नगरपालिकाको कार्यालय नजिकै रहेको क्षेत्रमा सरकारी आवासको नाममा अवैध रुपमा कब्जा गरिएको क्षेत्रको पनि भ्रमण गरे। यहाँ दीपावलीअघि नै एसडीओको अतिक्रमण अभियानले सर्वसाधारण र व्यवसायी आतंकित भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement