१४ अक्टोबरः विश्व कपका एकजना पूर्व रेफरीले फूटबल इतिहासको आफ्नो सबैभन्दा ठूलो भूललाई अब क्यास-मा परिवर्तन गर्न गइरहेका छन्। यसले उनी रातारात मालामाल हुनेछन्। अर्जेण्टिनाका महान फूटबलर डिएगो म्याराडोनाले १९८६ विश्व कपमा ईंग्ल्याण्ड विरुद्ध जुन गोलीले आफ्नो विख्यात ह्याण्ड अव् गड गोल गरेका थिए, त्यही गोलीलाई ट्यूनिशियाका रेफरीले लिलामीमा राखेका छन्। ट्यूनिशियाई रेफरीले नै त्यस म्याचको सञ्चालन गरेका थिए अनि म्याचमा म्याराडोनाले हातले गोल गरेको देख्नदेखि चुकेका थिए। त्यस ३६ साल पुरानो गोलीको मालिक पूर्व रेफरी अली बिन नासिर हुन्। उनले अब त्यस गोलीलाई लिलाम गर्न गइरहेका छन्। लिलामीकर्ता ग्राहम बड अक्शनले बिहीवार बताएअनुसार, उनलाई त्यस ऐतिहासिक गोलीको लिलामीबाट २७ लाखदेखि लिएर ३३ लाख डलरसम्म प्राप्त हुने आशा रहेको छ। त्यस गोलीको लिलामी कतरमा हुने फीफा विश्व कपको चार दिन अघि १६ नोभेम्बरमा ब्रिटेनमा गरिनेछ।
त्यस म्याचसँग सम्बन्धित म्याराडोनाका अन्य खेल सामग्रीहरूका पनि पूर्वमा लिलामी भएको थियो अनि त्यसबाट मोटो कमाई भएको थियो। त्यस म्याचमा म्याराडोनाले लगाएको टी शर्टको लिलामी मईमा गरिएको थियो। त्यो शर्ट ९३ लाख डलरमा बिकेको थियो। ईंग्ल्याण्ड विरुद्ध त्यस म्याचमा म्याराडोना हेडरद्वारा गोल गर्न उफ्रिएका थिए तर अन्तमा शीरको बद्ली हातद्वारा गोल गरेका थिए। रेफरी बिन नासिरले त्यसलाई गोल दिलाएका थिए। ईंग्ल्याण्डका खेलाड़ीहरूले त्यस फसेलाको विरोध पनि गरेका थिए तर आँखाले नदेखेको हुनाले रेफरी आफ्नो फसेलामा अटल रहेका थिए। त्यस गोलबारे प्रश्न गरिँदा म्याराडोनाले त्यसलाई ह्याण्ड अव् गड बताएका थिए। त्यस समयदेखि रेफरी बिन नासिरले त्यस गोलीलाई आफूसँग सुरक्षित राखेका थिए। त्यस म्याचमा ईंग्ल्याण्डलाई २-१-ले पराजित गर्ने अर्जेण्टिनाले पछिबाट विश्व कप जितेको थियो। त्यही विश्व कपले म्याराडोनालाई रातारात महानायक बनाएको थियो। फूटबलरको राजपूत्र म्याराडोनाको २०२०-मा ६० सालको उमेरमा निधन भएको थियो। बिन नासिरले एउटा बयानमा भनेका छन्, यो गोली अन्तर्राष्ट्रिय फूटबलको इतिहासको हिस्सा हो। मेरो विचारमा विश्वसँग यसलाई साझा गर्ने यो सही समय हो। ऐतिहासिक गोलीको साथमा बिन नासिरले आफ्नो त्यस टी शर्टलाई पनि लिलाम गर्नेछन्, जुन उनले त्यस क्वार्टर फाइनल म्याचको अवधि लगाएका थिए। यी वस्तुहरूका लिलामीले बिन नासिर मालामाल हुने तय छ।