अमर लामाद्वारा तकदाह टिस्टाभेल्लीको विभिन्न स्थानहरुमा चुनाव प्रचार

IMG-20260419-WA0088

हामी पहाडको तीनैवटा सिट जित्छौं:अमर लामा

खरसाङ: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले विभिन्न स्थानहरुमा आफ्नो चुनाव प्रचार जारी राखेका छन्। यसै क्रममा उनले आईतवार खरसाङ विधानसभा समष्टि अन्तर्गत पर्ने विभिन्न स्थानहरुमा चुनाव प्रचार साथै जनसम्पर्क अभियान गरेका छन्। उनले खरसाङ विधानसभा समष्टि अन्तर्गत टकदाह टिस्टाभेल्ली समष्टिको विभिन्न स्थानहरुमा पुगेर मानिसहरुलाई भेट्दै चुनाव प्रचार गरेका छन्। उनले तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत तीनचुलेदेखि आफ्नो जनसम्पर्क अभियान साथै चुनाव प्रचार शुरु गरेका छन्। त्यसपछि उनले यसै समष्टिको रङ्ली रङ्लियट क्षेत्रमा चुनाव प्रचार गरेका छन् भने उनले उक्त स्थानमा रहेका गुम्बामा पुगेर दर्शन गर्नुको साथै पूजा अर्चना पनि गरेका थिए। त्यसपछि उनले बडा पुबोङको बुथ नम्बर ७६ र ७७ मा पुगेर चुनाव प्रचार गर्दै सम्बोधन गरेका थिए। यसै गरी अमर लामाले नामरिङ चियाबारीमा पुगेर चुनाव प्रचार गर्नुको साथै सम्बोधन पनि गरेका थिए। त्यहाँबाट उनले गेल भञ्ज्याङ, जिंगलाम चियाबारी, डीपी साइट र टिस्टाभेल्ली चियाबारी क्षेत्रमा चुनाव प्रचार साथै स्थानीय जनसाधारण साथै पार्टी कार्यकार्ताहरुसित भेटघाट गर्दै सम्बोधन पनि गरेका थिए। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको चुनाव प्रचारमा तकदाह टिस्टाभेल्ली समष्टिको सभासद ढेण्डुप पाख्रिन, समष्टि सभापति श्याम योञ्जन, सचिव ललित राई, समष्टि युवा शक्तिको संयोजक अतित गुरुङ लगायत अन्यहरु उपस्थित रहेका थिए। तकदाह टिस्टा भेल्ली समष्टिको विभिन्न स्थानहरुमा चुनाव प्रचारको क्रममा आफ्नो सम्बोधन गरेका थिए। तकदाह टिस्टा भेल्ली समष्टिको विभिन्न स्थानहरुमा चुनाव प्रचारको क्रममा आफ्नो सम्बोधनमा अमर लामाले स्थानीय समस्याहरुको समाधान क्षेत्रीय सरकार जीटीएले पूरा गरिदिने र अन्य महत्त्वपूर्ण कुराहरू विधानसभामा पुगेर कुरा उठाउने वाचा गरेका छन्।‌ उनले भने, स्थानीय समस्याहरु समाधानको लागि जीटीए प्रमुख अनित थापा सबैको साथमा रहेका छन्। काम गर्ने मानिस केवल एकजना मात्रै छन् र उनी अनित थापा हुन्। तर अरु त केवल बोल्नु र अरुले गरेको कामको भूल देखाउनु मात्रै हो।’
अमर लामाले भने,अनुभव भएको मान्छेलाई भोट दिएर जिताउन होस्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मात्रै यस्तो पार्टी जसले राज्य सरकारसित मिलेर काम गर्नसक्छ। श्रमिकहरुको लागि राज्य सरकारले जीवनबीमा शुरु गरेको छ। यसको लागि एउटा सभा पनि भईसकेको छ। यसमाथि हामी चियाबारी श्रमिकहरुको लागि काम गर्न तयार छौं। यसको साथै चियाबारी श्रमिकहरुको लागि हामी काम गर्न तयार छौँ।’

लामाले अझ भने, हामी पहाडको तीनैवटा सिटहरु जित्नेछौं किनभने अरु त सबै ढटुवारे मात्रै छन्। तर हामी जनतामा पुगेर काम गर्ने हौँ। हामी सदैव जनताको लागि काम गर्न तयार छौँ।’

About Author

Advertisement