जलपाईगुडी: जलपाईगुडी तृणमूल कांग्रेसले विजया सम्मान कार्यक्रम आयोजना गर्यो। जलपाईगुडीको मयनागुरी दुई नम्बर खण्ड, तृणमूल कांग्रेसले विजय सम्मेलन आयोजना गरेको थियो। तृणमूल कांग्रेस राज्य सचिव बैशानुर चट्टोपाध्याय, जलपाईगुडी जिला तृणमूल कांग्रेस अध्यक्ष महुआ गोपे, मयनागुरी ब्लक तृणमूल कांग्रेस उपाध्यक्ष मनोज राई, पूर्व विधायक मिताली राई, म्यानागुरी नम्बर २ खण्ड अध्यक्ष शिवशंकर दत्त, मयनागुरी तृणमूल छात्र परिषद अध्यक्ष प्रणव राई उपस्थित थिए।

कार्यक्रम सुरु हुनुअघि विजयदशमीको राति मालबजारको माल नदीमा विसर्जनका क्रममा दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण गरिएको थियो। यस सम्बन्धमा म्यानागुडी नम्बर २ ब्लकका अध्यक्ष शिवशंकर दत्तले विजया सम्मानमा पार्टीका समर्थकसहित सर्वसाधारणको ठूलो सहभागिता रहेको बताए।