गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले अक्षय तृतीयाको पावन अवसरमा सम्पूर्ण जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।
मुख्यमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा सत्ययुगको आरम्भसँग जोडिएको यस दिव्य तथा पवित्र दिनले सबैको जीवनमा अक्षय पुण्य, अनन्त सुख, समृद्धि र शान्ति ल्याओस् भन्ने कामना व्यक्त गरे। उनले यस शुभ तिथिमा गरिने प्रत्येक सत्कर्मले चिरस्थायी तथा शुभ फल प्रदान गरोस् र सबैका प्रयासहरू सफल, सार्थक तथा फलदायी बनून् भन्ने शुभेच्छा व्यक्त गरे।
उनले भगवान् विष्णु तथा माता लक्ष्मीको कृपादृष्टि सधैं सबैमाथि रहिरहोस् भन्ने प्रार्थना गर्दै विशेष रूपमा आजको दिनमा पूजाआजा गरिने श्री गणेश, श्री अन्नपूर्णा देवी, श्री परशुराम तथा श्री कुबेरप्रति श्रद्धा व्यक्त गरे।
मुख्यमन्त्रीले सबैको जीवनमा धन-धान्य, आरोग्य, सुख-सम्पदा र खुशीयाली अक्षय रूपमा वृद्धि होस् भन्ने कामना गर्दै पुनः अक्षय तृतीयाको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे।











