खरसाङ नगरपालिका अन्तर्गत १ देखि २० नम्बर वार्डसम्मकोे नारी शक्तिको कार्यक्रम सम्पन्न

IMG-20260419-WA0060

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मका नारी शक्तिको प्रतिनिधिहरूलाई लिएर कार्यक्रम सम्पन्न भयाे। खरसाङ टाउन कमिटीकोे पहल तथा महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्कीकोे तत्परतामा केन्द्रीय समिति नारी शक्तिका अध्यक्ष अनु छेत्री प्रधानकोे उपस्थितिमा स्थानीय मन्टीभिट खेल मैदानमा सम्पन्न भएको छ। नारी शक्तिकोे उक्त कार्यक्रमलाई सबिता कार्कीले सञ्चालन गर्दैै भनिन् ‘आज हामी कुनै पदलाई महत्त्व दिने छैनौँ। हामी सबै आज समान भएर यहाँ एकत्रित भएका छौं भन्दै विभिन्न वार्डबाट उपस्थित नारी शक्तिलाई आगामी २३ अप्रेलमा सम्पन्न हुने चुनावकोे निम्ति आ आफ्नो वार्डमा एकत्रित भएर कार्य गर्ने सुझाव दिइन्। उनले विभिन्न वार्डबाटट उपस्थित रहेका नारी शक्तिले आफ्नो प्रतिभाकाे प्रदर्शन गर्दै नाँच गान गरी कार्यक्रम सम्पन्न गरिएको थियो। सबैले आ आफ्नो चुनावी विचार साझा गर्दै केन्द्रीय अध्यक्ष अनित थापाकोे हात मजबुत बनाउन हेतु यसपालीको बिधानसभा चुनावमा टर्च लाइटकाे चिन्हमा भोट दिएर अमर लामालाई विजय दिलाउने अपिल गरे। कार्यक्रममा केन्द्रीय समिति नारी शक्तिका अध्यक्ष अनु छेत्री प्रधानले केही दिन अघि सांसद राजु विष्टले माइती रुदेन सादा लेप्चालाईअपमान जनक शब्द लगाएर बोलेकोमा घोर विरोध गर्दै यदि हाम्रो माइतीकाे विषयमा अबदेखि यसरी अपमान गरे हामी नारी शक्ति विरोधमा ओर्लिनेछौँ भनी चेताउनी दिइन्। उनले भोटको अपिल पनि गरिन्।

सभालाई क्रमशः केन्द्रीय समिति नारी शक्तिका सांगठनिक सचिव मैयाँ ठकुरी, केन्द्रीय समिति नारी शक्ति सदस्या प्रभा छेत्री, जैतून निशा,टाउन कमिटी नारी शक्तिका सचिव दीपा छेत्री लगायत टाउन कमिटी नारी शक्तिका नेतृत्त्वगणले विशेष रूपमा कार्यक्रमलाई सम्वोधन गरेका थिए।

About Author

Advertisement