ट्रकले ठक्कर दिँदा एकको मृत्यु, चालकसहित तीन घाइते

IMG_20221014_103220.jpg

रायगञ्ज: ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। यस दुर्घटनामा दुइजना गम्भीर घाइते भएका छन्। बिहीबार राति रायगञ्ज थानाको मराईकुडल ग्राम पञ्चायतको बाइपास सडकमा भएको यो घटनापछि पुरै इलाकामा तनाब मच्चिएको छ। प्रहरी स्रोतअनुसार मृतकको नाम मराईकुडा गाउँ पञ्चायतको अभिनगर गाउँपालिका निवासी २७ वर्षीय सौमिक बर्मन रहेको छ। घाइते हुनेमा तेनाहरी इलाका निवासी २३ वर्षीय पप्पु बर्मन र अभिनगर निवासी २० वर्षीय सौरभ बर्मन रहेका छन्। घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरी आगजनी गरेका थिए। ट्रक चालकको नाम एम भास्करन हो, जो आन्ध्र प्रदेशका निवासी हुन्। दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरेको स्थानीयले बताएका छन्। जसका कारण दुर्घटना भएको हो। घटनापछि चालकलाई कारबाट बाहिर फालेर कुटपिट गरिएको बताइएको छ। दुर्घटनामा एक जनाको ज्यान गएको प्रहरी उपरीक्षक मोहम्मद साना अख्तरले जानकारी दिएका छन् भने चालकसहित तीन जनाको रायगञ्ज मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। ट्रकलाई नियन्त्रणमा लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement