टुंग सन्तमेरिज समष्टिको सिपाहीधुरादेखि दिलरामसम्म पैदल यात्रा गर्दै चुनाउ प्रचार

IMG-20260419-WA0053

समष्टिमा अमर लामालाई सय प्रतिशत जिताउनेछौँ: सभासद नुरी शेर्पा

सोनादा: खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्तमेरिज समष्टिको आयोजनामा सिपाहीधुरादेखि दिलारामसम्म पैदल यात्रा गर्दै चुनाव प्रचार गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको चुनावी कार्यलाई लिएर भागोप्रमो समर्थकहरु स्थानीय सिपाहीधुरादेखि दिलाराम वामनधुरासम्म पैदल हिँडेर नाच्दै चुनाव प्रचार कार्य सम्पन्न गरेका छन्। उक्त चुनाव प्रचार र अभियान टुंग सन्तमेरिज समष्टिको सभासद नुरी शेर्पाको अगुवाईमा सम्पन्न गरिएको छ‌। यस कार्यमा भागोप्रमोका अन्य नेतृत्वहरु क्रमैले सन्तमेरिज ग्राम पञ्चायत प्रधान रोशनहाङ सुब्बा, टुंग सन्तमेरिज समष्टिको सचिव दिपेश तामाङ, जोनल अध्यक्ष बसन्त कुलुङ राई, पञ्चायत समिति बबी तामाङ, रिता राई, प्रमिला तामाङ, शिक्षक संगठन अध्यक्ष दिपेश देवान अनि सल्लाहकार फुर्बा रुम्बा आदिको विशेष उपस्थितिमा अमर लामाको चुनाव चिन्ह टर्च लाईटको चिन्ह बोकेर स्थानीय मानिसहरुलाई भागोप्रमो उम्मेदवारहरुको जीत पश्चात पहाडमा के के कार्य गरिने जनमानसलाई बताइएको छ।अन्त्यमा दिलाराम फाटकमा सानो जनभेलालाई सभासद नुरी शेर्पाले सम्बोधन गरेका थिए। स्थानीय मानिसहरुलाई भागोप्रमो पार्टीको संकल्प पत्र पनि वितरण गरिएको थियो। यस चुनावी प्रचार अभियानबारे पत्रकारहरुसित कुराकानी गर्दै बोल्दै टुंग सन्तमेरिज समष्टिको सभासद नुरी शेर्पाले टुंग सन्तमेरिज समष्टिको तर्फबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामालाई सय प्रतिशत जिताउने बताए। उनले अहिलेको माहोल हेर्दा टुंग सन्तमेरिज समष्टिको २१ वटा बुथहरुमा जीत हाँसिल गर्ने लक्ष्य रहेको बताएका छन्‌।
यस समष्टिभित्र तीनवटा ग्राम पञ्चायतहरु सन्त मेरिज एक र दुई अनि मार्गरौट्स होप पर्ने र यसमा सन्त मेरिज एक अन्तर्गत दिलरामदेखि वामनधुरासम्म जम्मा १० किलोमिटर पैदल यात्रा गरेर चुनाव प्रचार गरिएको जानकारी गराएका छन्। उनले हाम्रो उम्मेद्वार अमर लामाको पक्षमा पैदल यात्रा गर्दै चुनाव प्रचार गरेको र यसबाट यस समष्टिमा उनको जीत निश्चित रहेको बताएका छन्‌।

सभासद नुरी शेर्पाले आफ्नो समष्टिभित्र पर्ने बालासनमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईको काफिलामाथि हमला भएको विषयमा आफ्नो प्रतिक्रिया दिन्दै भने, ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राई चुनाव प्रचारमा‌ लगभग दशवटा गाडी थियो होला तर कतिवटा बाहिरको रहेको आरोप लगाएका छन्। उनले हमलाको आरोप भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामाथि हामीमाथि लगाएर हामीलाई उस्काउन खोजेको बताए।

About Author

Advertisement