म्याड्रिड: विश्वका चौथो नम्बरका खेलाड़ी नोवाक जोकोविचले लामो समयदेखि चलिरहेको चोटले गर्दा म्याड्रिड ओपन टेनिस टुर्नामेण्टबाट नाम फिर्ता लिएका छन्। जोकोविचले इण्डियन वेल्समा आयोजित बीएनपी पारिबास ओपनपछि कुनै प्रतियोगितामा हिस्सा लिएका छैनन्। उनी दाहिने काँधको चोटले गर्दा मियामी ओपनबाट बाहिर रहेका थिए अनि मोण्टे कार्लो मास्टर्समा पनि हिस्सा लिएनन्। जोकोविचले आफ्नो सोशल मीडिया एकाउण्टमा लेखेका छन्, दुर्भाग्यवश म यस साल म्याड्रिड ओपनमा हिस्सा लिन सक्ने छुइनँ। म चाँड़ै खेलमा फर्किन आफ्नो रिकवरी जारी राख्नेछु। हस्ता प्रोन्तो (फेरि चाँड़ै भेट्नेछौं)। उल्लेखनीय छ, जोकोविच म्याड्रिड ओपनमा ३ पल्टका च्याम्पियन हुन्। यसरी टुर्नामेण्टका आयोजकहरूद्वारा जारी बयानमा भनिएको छ, हामीलाई तपाईं (जोकोविच) चाँड़ै फर्किने आशा रहेको छ। हामी काजा मागिका (म्याड्रिड ओपनको आयोजना गर्ने स्टेडियम)-मा एकपल्ट फेरि तपाईंको खेलको आनन्द लिन चाहन्छौं। तपाईं एकजना च्याम्पियन खेलाड़ी हुनुहुन्छ।









