पुलिस सुपरिटेन्डेन्टबाट साहसी आकाश प्रधानलाई प्रशंसा-पत्र प्रदान गरियो

IMG-20221014-WA0014.jpg

जलढका: बिन्दु भारत भूटान सिमान्त क्षेत्र एक पर्यटकीय स्थल हो। यहाँ धेरै पर्यटकहरु घुम्न आउने गर्छन्। यहाँ बिन्दु खोला र यसमा भएको बिन्दु हाइडल प्रोजेक्ट पर्यटनको मूल केन्द्रबिन्दु हो।विगत ३ अक्टोबरको दिन बिन्दुको रमणीय सुन्दरता हेर्न आएका एकजना पर्यटक महिला दुर्भाग्यवश चिप्लिएर जलढका नदीमा झर्छिन्। प्रबल वेगमा बगिरहेको जलढका नदीमा ति पर्यटक महिला बग्न पुगेकी थिइन् तर बिन्दुवासी सहासी आकाश प्रधानले आफ्नो ज्यानको पर्वाह नगरी नदीको मुल्कोमा हाम् फाली बगिरहेकी उक्त महिलाको ज्यान बचाएको थियो।उनले त्यस महिलाको उद्धार गरेका थिए।उनको यो साहसपूर्ण कार्यको चारैतिरबाट प्रशंसा र प्रचार भएको थियो।

यसै क्रममा आज पश्चिम बङ्गाल सरकारको पुलिस विभागबाट पुलिस सुपरिटेन्डेन्टले एक पत्र मार्फत उनलाई यो साहसिक कार्यको निम्ति बधाई र शुभकामना पठाएका छन्।
आकाश प्रधानको यस्तो साहसी कार्यलाई पश्चिम बंगाल सरकारले पनि मनोनयन गरेकोमा साहसी आकाश प्रधान खुबै हर्षित बनेका छन्।उनले यसरी आफ्नो कार्यलाई सराहना गरिदिएकोमा पुलिस सुपरिटेन्डेन्टप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement