२९ मईः राजबारी युथको आयोजनमा तीनधारेमा ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टको शुरुवात ४ जूनदेखि हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार र उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य पुरस्कारहरू पनि रहनेछ। टुर्नामेण्टको अवधि खेलमा अनुशासन कायम रहोस् भन्ने उद्देश्यले प्रत्येक म्याचमा रातो कार्डको निम्ति २०० अनि पहेंलो कार्डको निम्ति १०० रुपियाँको आर्थिक दण्ड रहनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क ३ हजार रुपियाँ तोकिएको छ। टुर्नामेण्टको फिक्स्चर चाँड़ै जारी गरिने आयोजक समितिले जनाएको छ।