एआईद्वारा रूपान्तरित तस्बिर प्रसारण आरोपमा नाम्चीमा मुद्दा दर्ता

IMG-20240717-WA0003

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री प्रेमसिंह तामाङको एआईद्वारा बनाइएको तथा रूपान्तरित तस्बिर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा नाम्ची प्रहरी थानामा प्राथमिकी दर्ता गरिएको छ।
प्रहरीका अनुसार नाम्ची जिल्लाको कटेङ–पामफोक जीपीयू निवासी एक युवकले उक्त तस्बिर तयार गरी आफ्नो फेसबुक एकाउन्टमार्फत प्रसार गरेको आरोप लागेको छ।
नामथाङको करेक निवासी एक व्यक्तिले गत ९ अप्रेलमा लिखित उजुरी दर्ता गर्दै एआईद्वारा बनाइएको तस्बिर भ्रामक क्याप्सनसहित सामाजिक सञ्जालमा अपलोड गरिएको उल्लेख गरेका छन्।
उजुरीमा आरोपीले जनतामाझ गलत तथा भ्रामक सूचना फैलाउने उद्देश्यले जानाजानी बनावटी डिजिटल सामग्री सिर्जना र प्रसार गरेको आरोप लगाइएको छ। यसले सार्वजनिक शान्ति र सामाजिक सौहार्दमा असर पार्न सक्ने तथा समाजमा अनावश्यक उत्तेजना उत्पन्न गर्न सक्ने दाबी गरिएको छ।
प्रहरीले आरोपीविरुद्ध भारतीय न्याय संहिता, २०२६ को धारा ३३६ (४), ३५२ र ३५६ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

About Author

Advertisement